images

वायुसेवा निगम ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनै कुरा नउठाउन कर्मचारीलाई मन्त्री किराँतीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनैपनि कुरा नउठाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

आईतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव समारोहमा मन्त्री किराँतीले ग्राउण्ड ह्याण्डलिङको विषयमा कर्मचारीहरुले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

निगमको ग्राउण्ड ह्याण्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै उनले कर्मचारीहरुले अनावश्यक कोकोहोलो गर्नु आवश्यक नभएको तर्क गरे । उनले देशलाई वायुसेवा निमग चाहिने र त्यसलाई बचाउनका लागि ग्राउण्ड ह्याण्डलिङ पनि चाहिने स्पष्ट पारे ।

मन्त्री किराँती कर्मचारी ट्रेड युनियनका नेताहरुमाथि समेत खनिए । उनले कर्मचारीहरुलाई आफ्नो परिधिभित्र बस्न र नीतिमाथि हस्तक्षेप नगर्न दिर्नेशन पनि दिए ।

यात्रुहरुको सुरक्षा गर्नु उड्डयन प्राधिकरणको पहिलो कार्यभार रहेको भन्दै उनले ईयुले पठाएको कालोसूचीबाट हटाउन सुधार गर्नुपर्ने १२ बुँदा अक्षरशः पालना गर्नुपर्नेमा जोड दिए ।