images

बाँके नौबस्ता बाल सुधा गृहमा तनावग्रस्त

काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता बाल सुधार गृह तनावग्रस्त बनेको छ। आइतबार दिउँसो दुई समूहबीच झडप भएपछि सुधार गृहको माहोल तनावग्रस्त बनेको हो।

सुधारगृहका प्रमुख श्याम बहादुर राना अनुसार नेपालगञ्जबाट ल्याइएका टोली र त्यहाँ रहेका टोलीबीच तीनरचार दिन अघि पनि झडप भएको थियो।

त्यसक्रममा ४/५ जना घाइते समेत भएका थिए। हिजो पुनः झडप हुँदा स्थिति तनावपूर्ण बनेको प्रमुख रानाले बताए।

९ वर्षअघिको रिसिइबीलाई लिएर दुई समूहबीच झडप भएको उनले बताए। ‘धेरै ठाउँबाट बालकहरू ल्याएका थियौं, ९ वर्षअघि झगडा परेकाहरूको यहाँ भेट भएछ,’ उनले भने।

झडपपछि एक समूहले नेपालगञ्जबाट ल्याइएका समूहलाई अन्यत्र सार्न माग गरिरहेको प्रमुख रानाले बताए।

प्रमुख रानाका अनुसार सुधारगृहको सुरक्षाका लागि प्रहरीको सईको नेतृत्वमा २५ जना नेपाल प्रहरी र ३० जना सशस्त्र प्रहरी खटिएका छन्। उनीहरू सबैलाई सुधार गृहमा रहेकाहरूले भित्र जान दिएका छैनन्।