images
images
images

बालकुमारी घटनाः भौतिक पूर्वाधारमन्त्रीको भूमिकामाथि छानविन गर्न निर्देशन

काठमाडौ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनाका बारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमवार सिंहदरबारमा बसेको बैठकले बालकुमारी घटना प्रकरणमा श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएका हुन।

बैठकका निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले गएको शुक्रबार ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जना युवाको ज्यान गएको घटनामा मृतकका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताए । समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS