images
images

तराई मधेशमा जाडाेसँगै शितलहर सुरु, जनजीवन कष्टकर


सिरहा । सिरहा लगायत तराई- मधेशमा करिव एक सातायता अत्यधीक जाडो बढेको छ । बाक्लो हुस्सु र चिसोका कारण तराई–मधेशकाे जनजीवन प्रभावित बनेकाे हाे ।

चिसोका कारण बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित बनेका छन् । दिनभर बढेको चिसो र हुस्सुका कारण सर्वसाधारण घरबाट काम विशेष बाहेकले मात्रै घर बाहिर निस्कने गरेका छन् । मौसम परिवर्तन भएर सर्वसाधारणलाई बढी चिसो अनुभव भएको र तीनपाँग्रे रिक्सा लगायतका यातायातको साधन सञ्चालनमा समेत कठिनाई भएपछि बजारमा सो यातायातका साधन सडकमा न्यूनमात्रामा देखिन्छ ।

चिसोका कारण विद्यालयहरूमा पठनपाठन लगायत व्यापार व्यवसायमा पनि असर परेको छ ।त्यस्तै बाक्लो हुस्सुका कारण पूर्व पश्चिम राजमार्ग सडक खण्डमा समेत यातायातका साधन कम चलेका छन् । बाक्लो हुस्सु लाग्नाले सवारी साधनको आवत-जावतमा असर पुगेको हो । ग्रामिण भेगमा खास गरी चिसो छल्न दाउरा,पराल ,गुईठाको आगो बालेर तापिरहेका छन् ।