images
images
images

प्रचण्डले बालकुमारी हत्याकाण्डलाई डिजाइन भनेर घटना अन्तै मोड्न खोजेः नेता रावल

काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार ललिपुरको बालकुमारीमा भएको घटनालाई डिजाइन भनेर विषयलाई विषयान्तर गर्न खोजेको आरोप लगाएका छन।

सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त अभिव्यक्ती दिएका थिए । ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा पनि उनले लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको भन्दै आशंका व्यक्त गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ती प्रति एमाले नेता रावलले व्यङ्ग्य प्रहार गरेका छन् । आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा नेता रावलले प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी ध्यान अन्तै खिचेर विषय लुकाउने डिजाइन रचेको हुनसक्ने बताए ।

उनले सामाजिक सञ्जाल ट्विट ट्वीटरमा लेखेका छन्, ‘गिरिजा प्र. कोइरालाले ग्र्याण्ड डिजाइन भन्ने तर नखोलेर सत्ताको खेल खेलेका थिए । उनैका प्रशंसक प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी हत्याकाण्डमा डिजाइन भएको भनेका छन् कस्तो र कसले गरेको ? प्रधानमन्त्रीले भन्नुपर्छ । अन्यथा ध्यान अन्तै खिची यी विषय लुकाउने प्रधानमन्त्रीको डिजाइन हुनसक्छ ।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS