images

जापानको टोक्योमा अवतरण गरिएको विमानमा आगलागी,३७९ यात्रुको उद्धार

काठमाडौं। टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेको जापान एअरलाइन्सको एउटा यात्रुवाहक विमानबाट आगलागी भएको छ ।

जापानको प्रसारक एनएचकेले देखाएको भिडिओ फुटेजमा विमानमा आगोको मुस्लो देखिएको छ भने उक्त मुस्तो झ्याल र तलपट्टिबाट आएको देखिएको छ ।

विमानबाट यात्रुहरू हतार हतार बाहिर निस्कि थिए । एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन्।

जसमध्ये ३६७ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए।

तर ती सबै यात्रुलाई जहाजबाट निकालिएको छ। जापानको यातायात मन्त्रालयले घटनाको जाँच भइरहेको जनाएको छ।