images

राष्ट्रिय सभामा एमालेलाई शुन्य नबनाउन ओलीको आग्रह,ठोस प्रस्ताव माग्ने गठबन्धन बैठकको निष्कर्ष

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई शुन्य नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।

सत्तारुढ दलको बैठकपछि नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने,प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षज्यूले हामीलाई जिरो नगर्नुस् भन्नुभयो भन्ने खालको कुरा आयो । यो कुरा आएपछि हामीले सबै दलहरुसँग सरसल्लाह गरेर के हो ? उहाँहरुको खास कंक्रिट प्रस्ताव के हो ? बुझेरमात्रै टुंगो गरौं भन्ने कुरा भएको छ,उनले बैठकबारे भने, एमालेको ठोस प्रस्ताव आएपछि कुरा गर्न उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरियो । कांग्रेस र माओवादी बीचको छलफलमा भने केपी ओलीजीले यस्तो प्रस्ताव लिएर आए भने के गर्ने भन्ने विषयमा सम्बन्धित भएर छलफल गरिएको होला । भोलि बिहान फेरि ९ बजे बैठक बस्छ ।’

बुधबार अपराह्न बसेको बैठकले सिट बाँडफाँडबारे एमालेसँग ठोस प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ ।