images
images

दलित परिवारमाथि कुटपिट गरेको आरोपमा वडासदस्य पक्राउ

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा स्थानीयमाथि कुटपिट गरेको आरोपमा जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा चापाकोट नगरपालिका १ का वडा सदस्य सन्तोष थापा रहेको इलाका प्रहरी कार्यालय चापाकोटले जानकारी दिएको छ।

चापाकोट नगरपालिका १० का रुद्र बहादुर दमाई र उनको परिवारलाई मंगलबार रातिको समय जनप्रतिनिधि थापाले गालीगलौज र हातपात गरेको जाहेरी परेको चापाकोटका प्रहरी नायव उपरिक्षक जेसी शाहले स्पेस समाचारलाई जानकारी दिए ।

थापालाई इलाका प्रहरी कार्यालय चापाकोटले बुधबार नियन्त्रणमा लिएर मुद्धादर्ताको लागि वडा प्रहरी कार्यालय वालिङ पठाइएको डिएसपी शाहले बताए । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।