images

देशको पछिल्लो दूरावस्था नजिकबाट नियालिरहेको छुः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् । विहिबार भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा उनले आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरेको पनि बताए ।

आफू कतै नगएको र नेपालीहरुको साथमै रहेको उनको भनाइ छ । उनले देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरु विदेश जानु परेको बताए । देशको माया नभएर नभइ अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा बाहिरिएको भन्दै उनले यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

पूर्वराजा शाहले देशको दूरावस्थाप्रति चिन्ता प्रकट गर्दै सबै जनता एक ठाउँमा उभिन अपिल गरेका छन् । आज भैरहवामा नागरिक अभिनन्दनपश्चात सम्बोधन गर्दै उनले नेपालीहरुले खेपिरहेको पीडालाई आफूले नजिकबाट नियालि रहेको बताए ।

‘राजा आउ देश बचाउ’ को नाराबीच भाषण गर्न उभिएका पूर्वराजाको अनुहारमा उत्साहभन्दा बढी गाम्भीर्यता, आक्रोश र चिन्ता देखिएको थियो । उनले घुमाउरो तवरबाट वर्तमान व्यवस्थाले देशलाई बर्बादीको दिशामा लगिरहेको ईंगित गरे ।

कार्यक्रममा पूर्वराजालाई ‘श्री ५ महाराजधिराज सरकार’ भनेर सम्बोधन गरिएको थियो ।