images

सिरहामा कैदीबन्दीमाथि मरणासन्न हुने गरि कुटपिट

सिरहा – सिरहा कारागारमा एक कैदीबन्दीमाथि मरणासन्न हुने गरि कुटपिट भएको छ । जेल सजाय काटिरहेका सुनिल कुमार यादवसहित २० जनाबढी माथि कारागारका नाइकेहरुकाे समूहले गत बुधबार कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ ।

जसमध्ये सुनिल सबैभन्दा बढी गम्भीर घाइते भएका छन् । उनकाे टाउमा २५ वटा टाका लागेको छ । हाल उनको बिराटनगरमा उपचार भइरहेको छ । अन्य २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेलाई भने घटनाको ढाकछोप गर्न कारागारले भित्रै राखेको छ ।

हरेक वर्ष जाडोको बेला सरकारले कैदीहरूलाई सिरकका लागि ३५ सय उपलब्ध गराउने गर्छ भने हरेक महिना २४ सय दिने गर्छ । सिरक पनि नपाएको र हरेक महिना पाउने रकममा पनि अनियमितता भएको भन्दै आफूहरूले आवाज उठाउँदा कुटपिट भएको घाइतेहरूले बताएका छन् ।

चौकिदार कैलाश ठाकुर, विजय महतो लगायतले कारागारभित्र सबै सरोकारवालासँग सेटिङ गरि राजनीति गरेको, अनियमितता मचाएको र आवाज उठाउँदा कुटपिट गरेको उनीहरूको आरोप छ ।यस घटनाको विषयमा छानबिन र अनुसन्धान भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले स्पेस समाचारलाई जानकारी दिए।