images

राष्ट्रियसभा निर्वाचनमा भागबन्डाबारे गठबन्धनमा सकस, बैठक जारी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्तासाझेदार दलहरूको बैठक जारी रहेको छ ।

शनिबार बसेको सत्तासाझेदार दलहरूको बैठक निष्कर्षविहीन भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातसम्म बसेको बैठकमा प्रमुख दलहरूले बढी सिटमा दाबी गरेपछि कुरा मिल्न सकेन ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच कुरा मिल्न नसकेपछि बैठक निष्कर्षविहीन भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

राष्ट्रिय सभामा रिक्त सिटमा कांग्रेसले ११, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका थिए । सातै प्रदेशमा पुस २३ मा उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।