images
images
images

सत्तागठबन्धबीच राष्ट्रिय सभा निर्वाचन भागबन्डा टुंगियो, सबैभन्दा बढी कांग्रेसले पाउने सहमति

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् । आइताबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।

बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक सहमतिमा टुंग्याउने सर्तमा एमालेसँग भागबन्डा गर्न वार्ता गरे पनि सम्भव नभएपछि गठबन्धन दल साझा उम्मेदवार बनाउन छलफलमा जुटेका हुन्।

माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । राष्ट्रिय सभाका लागि कोशीमा अन्य र महिला गरी दुई सिट, मधेशमा अन्य र महिला गरी दुई, वाग्मतीमा अपांग, दलित, अन्यसहित चार, गण्डकीमा अपांग, महिला र अन्य गरी तीन, लुम्बिनीमा महिला र अन्य गरी दुई, कर्णालीमा महिला, दलित र अन्य गरी तीन, सुदूरपश्चिममा अन्य, अपांग र महिला गरी तीन सिटका लागि निर्वाचन हुनेछ । गठबन्धनबीच यिनै क्लस्टरका आधारमा भागबन्डा हुनेछ ।

नेकपा एमालेले भने १९ वटै सिटमा उम्मेद्वारी दिने यस अघि नै निर्णय गरिसकेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS