images
images

चन्द्रागिरी नगरपालिकाकी सब इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं– घुस रकमसहित पक्राउ परेकी चन्द्रागिरी नगरपालिकाकी असिस्टेन्ट सब–इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पन्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । चन्द्रागिरी नगरपालिका –१४ वडा कार्यालयमा कार्यरत पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनापछि अख्तियारले स्टिङ अपरेशन गरेको थियो ।

उनीलाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।