images
images

एमालेद्वारा राष्ट्रियसभाका १९ उम्मेद्वार छनौट

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभाका १९ जना उम्मेद्वारहरुको नाम टुंग्याएको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले सातवटै प्रदेशबाट विभिन्न कलष्टहरु छनौट गरेको हो ।

जस अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा .अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), त्रिलोचन निर्मल पौडेल (चितवन) छनौट गरेको छ ।

त्यसैगरी , अपाङ्गता÷अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट धुब्रराज विश्वकर्मा(धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता/अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला)लाई छनोट गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनाएका छन् ।

त्यस्तैअन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता÷अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली)लाई छनौट गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेद्वार भएका कारण एमाले शुन्य हुने मतभार देखिएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS