images
images

अधिवक्ता सूर्य शाहको नेतृत्वमा नेपाली कांग्रेस बाजुरा- काठमाडौं तदर्थ समिति गठन

काठमाडौ- नेपाली कांग्रेस बाजुराले आफ्नो सम्पर्क समितिको दायरा फराकिलो बनाएको छ ।पहिलो पटक नेपाली काग्रेस बाजुराको काठमाडौं -बाजुरा सम्पर्क समिति गठन भएको छ । अधिवक्ता सूर्य बहादुर शाहको नेतृत्वमा तदर्थ समिति गठन गरिएको हो ।

जसमा उपसभापति अधिवक्ता सुशिला रोकाया,उपसभापति राजेश सिंह,सचिव डम्मर साउद,सहसचिव मंगल नेपाली,सहसचिव नर बहादुर अयडी रहेका छन् । तदर्थ समितिमा बाजुरा जिल्लाका ९ वटै पालिकाबाट एक एक जना रहेका छन् भने तीन जना महिला सदस्यहरु रहेका छन् । बाज्रा जिल्लामा घर भई काठमाडौंमा बसोबास गर्न,विभिन्न पेसा व्यवसायमा आवद्ध रहेका व्यक्तिहरु समितिमा रहेको नवनिर्वाचित सभापति सूर्य बहादुर शाहले स्पेस समाचारलाई जानकारी दिए ।

बाजुरा काठमाडौं सम्पर्क समिति पार्टीको मातहतमा रही पार्टीलाई चलायमान गर्नका लागि निकै ठूलो मद्धत पुग्ने सचिव डम्मबर साउले जनाएका छन् । सम्पर्क समितिको विधान अनुसार ६ महिनाभित्र कार्यसमिति गठन गरिसक्नु पर्ने, दुई वर्षको कार्यकाल रहने उल्लेख छ । नेपाली काग्रेस बाजुराले छिट्टै सूदुरपश्चिम-बाजुरा सम्पर्क समिति गठन गर्ने जनाएको छ ।

हेर्नुहोस् यस्तो छ कार्यसमिति