images

कृष्ण सिटौलाले टिकट पाएसँगै विराटनगर लागे

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राष्ट्रियसभाको उम्मेदवारको टिकट पाएका छन् । सिटौला कोशी प्रदेशबाट अन्य कोटातर्फ उम्मेदवार बनेका हुन् ।

सिटौला टिकट लिएर राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गर्न आइतबार विराटनगर लागेका छन् । सिटौला सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर विराटनगर फर्किएका छन् ।

पार्टी कार्यालयबाट बाहिरिनु अघि उनले शेखर कोइरालालाई भेटेर बाहिरिएका छन् ।