images

नेकपा एसले मल्ल र विश्वकर्मालाई उम्मेद्वार बनाउने

काठमाडौं–सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको दुई जना उम्मेदवारहरूको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ल र बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

पार्टीले दुई जना उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधव नेपालसहित उपाध्यक्ष पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार मनोनय दर्ता गर्ने कार्यतालिका रहेको छ ।