images
images
images

लिंङ्देनसँग पराजित बनेका सिटौलाले दर्ता गराए उम्मेद्वारी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङ्देनसँग प्रतिनिधि सभामा पराजित भएका कांग्रेसका कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभाका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।

कांग्रेस नेता सिटौलाले विराटनगर स्थित निर्वाचन आयोगको कार्यालयमा उनले मनोनयन दर्ता गराएका हुन् । सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् । गएको निर्वाचनमा राप्रपा अध्यक्ष लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा पुन: उम्मेदवार भएका हुन् ।

२०४८ सालदेखि झापामा निरन्तर उम्मेदवार भएका सिटौला प्रतिनिधि सभाको निर्वाचनमा झापाबाट आठ पटक उम्मेदवार भएका छन् । उनी यस अघि पाँच पटक पराजित भएका थिए ।

कांग्रेसको महामन्त्री समेत भइसकेका सिटौला कांग्रेसको १३ औ महाधिवेशनमा सभापतिको उम्मेदवार भएका थिए । उनी शेरबहादुर देउवासँग पराजित भए । पार्टीको १४ औं महाधिवेशनमा भने देउवालाई सघाएका थिए। सोही कारणले देउवाले प्रतिनिधि सभामा पराजित भएका सिटौलालाई राष्ट्रिय सभाको उम्मेद्वार बनाएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS