images
images

मधेश प्रदेशमा एमाले उम्मेद्वारको मतदाता नामावली नभेटिएपछि उम्मेद्वार फेरियो

काठमाडौं–मधेश प्रदेशमा नेकपा एमालेको राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिँदा मनोनयन रोकिएको छ । सिंहको मनोनयन नभएपछि विजेता झालाई उम्मेद्वार बनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनका लागि आएका सिंहको नाम मतदाता नमावलीमा नभेटेपछि झालाई उम्मेदवार बनाउन लागिएको नेकपा एमालेले जनाएको छ।

एमालेका केन्द्रीय सदस्य सञ्जिव झाले भने, ‘मतदाता नमावलीमा उहाँको नाम नदेखिएपछि विजेताजीलाई उम्मेदवार बनाउने निर्णय भएको हो,।’ झा गत स्थानीय तहको निर्वाचनताका कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी थिइन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS