images

बैंकक उड्न लागेको नेपाल वायु सेवा निगमको जहाजमा खराबी,१५२ यात्रु अलपत्र

काठमाडौं–बैंकक उड्न लागेको नेपाल वायु सेवा निगमको जहाजमा खराबी आएको छ । काठमाडौंबाट बैंककका लागि उड्न खोजेको नेपाल वायु सेवा निगमको जहाजमा खराबी आउँदा १५२ जना यात्रु अलपत्र परेका छन् ।

आरए ४०१ उडान नम्बरको न्यारोबडीले दुईपटक उड्ने प्रयास गर्दा नसकेपछि फेरि ५ बजे यात्रुलाई पुन जहाजबाट ओरालेर टर्मिनल भवनमा फर्काइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । ‘पहिलोपटक साढे दुई बजे उड्नका लागि एप्रोनबाट पुसब्याक गरेर जहाजलाई ट्याक्सी–वेमा पठाइएको थियो, प्राविधिक समस्या देखिएकाले चालकदलले एप्रोनमा फर्काएको प्रवक्ता झाले बताए । झाका अनुसार दोस्रोपटक पुन साढे ४ बजे यात्रु राखेर फेरि जहाज उड्ने तरखरमा थियो । फेरि प्राविधिक समस्या दोहोरिएको जनाउँदै पार्किङ्ग वे नम्बर ६ मा राखिएको छ ।’

निगमसँग अर्को जहाज नभएकाले यी यात्रु समयमै उड्ने टुंगो लागिसकेको छैन ।