images
images

चिसो बढेपछि सिराहा लक्ष्मीपुर पतारीका विद्यालय बन्द

सिरहा। तराई-मधेशमा चिसो बढेपछि सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै एक हप्ता जाडो बिदा दिएको छ।

लक्ष्मीपुरपतारी गाउँपालिकाका शिक्षा अधिकृत रामबालक पासमानले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी आगामी माघदुई गतेसम्मका लागि जाडो बिदा दिइएको जनाएका छन् ।


गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा अत्यधिक चिसोका कारणले अध्ययन–अध्यापन प्रभावित हुने भएकाले वर्खे बिदाबाट कट्टा हुने गरी मंगलबारदेखि २ माघसम्मका लागि जाडो बिदा दिइएको सूचनामा उल्लेख छ।

पछिल्लो केही दिनयता बाक्लो हुस्सु र कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ। बाक्लो हुस्सु र कुहिरो प्रायः दिउँसोसम्म लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो। मंगलबार बिहान १० बजेतिर लहान क्षेत्रको अधिकतम तापक्रम १६ डिग्री सेन्टिग्रेट मापन गरिएकाे छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS