images
images

संवैधानिक परिषद् सम्बन्धी सहमति जुटाउने जिम्मा चार सांसदलाई

काठमाडौं– सदन होस् या सडक निकै आक्रमक रुपमा प्रस्तुत हुने चार सांसदहरुलाई संवैधानिक परिषद् सम्बन्धी विधेयकको सहमति गराउने जिम्मा सुम्पेको छ । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संवैधानिक परिषद सम्बन्धी विधेयकमा सहमति जुटाउन जिम्मा चार सांसदहरुलाई दिएको हो ।

जसअन्तर्गत रास्वपाबाट रवि लामिछाने, कांग्रेसबाट दिलेन्द्र बडु, माओवादीबाट हितराज पाण्डे र एमालेबाट रघुजी पन्तलाई अनौपचारिक रुपमा सहमति जुटाउने जिम्मेवारी दिइएको हो ।

उनीहरुले सहमति जुटाएमा अवस्थामा मात्रै समितिको बैठकबाट विधेयक पारित गर्ने हुने छ ।