images
images

कविताः देशमा नेता हैन अब, राजनेता चाहिएको छ

देशमा नेता हैन अव राजनेता चाहिएको छ
बोलेर देश हाँक्छु भन्ने नेता हैन अब
देशको रथ हाँक्न सक्ने पाइलट चाहिएको छ ।

तलदेखि माथिसम्मको भ्रष्टाचारलाई अन्त्य गर्नु छ
सेटिङमा गरिएका कुकर्मको भण्डारफोर गर्नु छ
देशमा नेता हैन अब राजनेता चाहिएको छ
बोलेर देश हाँक्छु भन्ने नेता हैन अब
देशको रथ हाँक्न सक्ने पाइलट चाहिएको छ ।

कठै मेरो देश सेटिङै सेटिङको जालोमा फस्ने भयो
संग्रहालयहरूसमेत माफियाको चङ्गुलमा पर्ने भयो
त्यसैले
देशमा नेता हैन अब राजनेता चाहिएको छ
बोलेर देश हाँक्छु भन्ने नेता हैन अब
देशको रथ हाँक्न सक्ने पाइल्ट चाहिएको छ ।

देशको विकास नचाहनेको शिर
छेदन गर्नै पर्ने समय आएको छ
आफ्नो प्यास मेटाउन जनताको
आँशु पिउनेलाई चिन्नुपर्ने भएको छ
देशमा नेता हैन अब राजनेता चाहिएको छ
बोलेर देश हाँक्छु भन्ने नेता हैन अब
देशको रथ हाँक्न सक्ने पाइलट चाहिएको छ ।