images
images
images

५ करोड लिँदा राष्ट्रहितविपरीत नहुने २० करोड लिँदा चाहिँ राष्ट्रहित हुन्छ ? -प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले २० करोडको योजना लगानी गर्न पाउने कुरा राष्ट्रहित विपरित नभएको उद्घोष गरेका छन् ।

भारतले नेपालमा २० करोड रुपैयाँसम्म खर्च गर्न पाउने सहमति राष्ट्रहितविपरीत भएको भन्दै सांसदहरुले प्रधानमन्त्री प्रचण्डको जवाफ माग गरेका थिए।

बुधबार प्रतिनिधि सभा अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले विगतमा ५ करोड लिँदा राष्ट्रहितविपरीत नहुने अहिले २० करोड लिँदा चाहिँ राष्ट्रहित विपरीत कसरी हुन्छ ? भन्दै सांसदहरूलाई नै प्रति प्रश्न गरेका छन् ।

उनले भने,’५ करोड लिँदा राष्ट्रहितविपरीत नहुने २० करोड लिँदा चाहिँ राष्ट्रहित हुन्छ ? हुँदैन ।५ करोड त लिइँदै त आइएको छ त ! सदनमा त यो विषयमा छलफल हुन्छ । यो सदनद्वारा अनुमोदित कुरा हो । सैद्धान्तिक रूपमा यो हुँदै आएको हो प्रधानमन्त्री प्रचण्डले भने,यो सहमति विदेशमन्त्री आउँदा सार्वजनिक भए पनि यो निर्णय त सरकारले २०/२५ दिन अघि नै गरेको हो ।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS