
काठमाडौं –स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली लागू गर्ने भएको छ । बोर्डले बिहीवार पत्रकार सम्मेलन गरी माघ १ गतेदेखि वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको व्यवस्था लागू गर्ने जनाएको हो ।
बोर्डले दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितलाई हाल १/१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्था पनि गरेको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लोहनीले जानकारी दिए।
स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ, प्रभावकारी र विश्वसनीय बनाई दिगो व्यवस्थापन गर्ने गरी काम गरिरहेको बोर्डले जनाएको छ।