images
images
images

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत बाहिर जाँदैनः लेखक

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले निश्चित मानिसहरू मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उम्मेदवारहरू भन्दा बाहिर मत जाने स्थिति नहुने बताए ।

उनले एउटा पार्टीका उम्मेदवारहरूले अर्को पार्टीका उम्मेदवारहरू नचिन्ने भएको हुँदा अहिले राष्ट्रिय सभामा आफ्ना उम्मेदवारहरू जिताउन गठबन्धनले बनाएको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति, प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिहरू मतदातासँग उम्मेदवारको चिनजान गराउन लाग्ने बताए ।

नेता लेखकले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले बुधवारबाटै काम सुरु गरिसकेको पनि जानकारी दिए । पहिलो चरणमा सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय भएको उनको भनाइ छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS