images

कांग्रेस सांसद भण्डारीको प्रश्न,बलात्कार भनेको के हो ?

काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा चन्द्र भण्डारीले बलात्कारको परिभाषाबारे प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा लेख्दै डा भण्डारीले बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता औल्याएका हुन।

उनले लेखेका छन,बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ । कस्तो अबस्थालाई प्रेम ?र कस्तो अबस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हॅुदैन ? परिभाषाको आवश्यकता ।

क्रिकेटर सन्दीप लामिछाने नाबालिका बलात्कार मुद्धामा दोषि करार भएसँगै अहिले सामाजिक सञ्जालमा त्यसको पक्ष र विपक्षमा वहस भइरहेको छ ।