images
images

मेलम्चीकाे पानी सुरुङमा पठाईयो, माघ एक गते काठमाडौंबासीको धारामा पानी झार्ने लक्ष्य

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाले माघ एक गते काठमाडौंबासीको धारामा पानी झार्ने लक्ष्य सहित पानी सुरुङमा पठाएको छ ।

भूकम्प र बाढीका कारण लामो समयदेखि अवरुद्ध भएको मेलम्चीको पानी सुरुङमा प्रवेश गराइएको हो। सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी बिहीबार बेलुकादेखि छोडिएको हो।

मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ भरिएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झर्न कम्तीमा चार दिन लाग्नेछ। माघ १ गतेसम्म काठमाडौंबासीको धारामा मेलम्चीको पानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ।

परीक्षणका रूपमा पानी प्रवेश मंगलबारदेखि सुरु गरिएको थियो। तर बिहीबारदेखि प्रतिसेकेन्ड ६ सय लिटर पानी सुरुङमा प्रवेश गराइएको हो। परिमाण बढाउँदै दैनिक २ हजार प्रतिसेकेन्ड अर्थात् १७ करोड लिटर सुरुङमा पठाइनेछ।

गत साउन अन्तिम साता आएको बाढीले ल्याएको बालुवा र ढुंगा सहितको गेग्रानले पुरिएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्र (हेडवर्क्स) अलपत्र परेको थियो। त्यसलाई सफा गरेर अस्थायी रूपमा पानी सुरुङमा प्रवेश गराइएको हो।

मेलम्ची विकास समितिले २८ दिनमा पानी काठमाडौं झार्ने गरी काम गर्न चिनियाँ ठेकेदार कम्पनीसँग गत ३ गते गेग्रान हटाउने ठेक्का सम्झौता गरेको थियो।

यस अघि काठमाडौं र ललिपुरवासीहरुले मेलम्ची खानेपानीको माग गर्दै रित्तो गार्गी सहित पटक पटक प्रदर्शन गरेका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS