images
images

रिता पटेलले पाइन् जसपा बारा महिला संगठन अध्यक्षको जिम्मेवारी

काठमाडौं–जनता समाजवादी पार्टी नेपालको जिल्ला कार्यकारिणी समिति बाराले महिला संगठन अध्यक्षको जिम्मेवारी रिता पटेललाई दिएको छ ।

जिल्लामा पार्टीको महिला संगठन निष्क्रिय रहेकाले उनलाई सबै कामकाज गराउने गरी अध्यक्षको जिम्मेवारी दिइएको जसपा जिल्ला कमिटी बाराले जनाएको छ। उनले बिहीबारेखि नै कार्यभार सम्हालेकी छन् ।

उनी जसपा नेपालको जिल्ला कार्यकारिणी समिति सदस्य समेत हुन् । जिल्ला अध्यक्ष रामबाबु प्रसाद यादवले उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको जानकारी दिए ।