images
images
images

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक वर्षमा करिव साढे ४५ लाख यात्रुले गरे आवतजावत

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा करिब साढे ४५ लाख यात्रुले आवतजावत गरेको तथ्यांक सार्वजनिक भएको छ ।

नागरिक उड्डयन कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा अहिलेसम्मकै धेरै ४५ लाख ४१ हजार १३७ जनाले आवतजावत गरेका हुन् । यो संख्या सन् २०२२ को तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो ।

कोरोना महामारीको समयअघि सन् २०१८ मा भन्दा ४ दशमलव ५ प्रतिशतले बढी रहेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण संख्या ३१ हजार ४ सय ६० रहेको छ ।

यो अवधिमा नेपालबाट २४ लाख २० हजार ७ सय ८७ जना विदेश गएका छन् भने २१ लाख २० हजार ३ सय ५० जना नेपाल भित्रिएका छन् । कार्गो आगमन भने सन् २०२२ भन्दा १३ दशमलव ९८ प्रतिशतले कमी आएको छ । अन्तर्राष्ट्रिय यात्रुको आवतजावत बढे पनि आन्तरिक आवागमन भने घटेको छ । सन् २०२३ मा त्रिभुवन विमानस्थल प्रयोग गरेर ४१ लाख ५० हजार ३ सय २६ जनाले आवतजावत गरेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS