images
images
images

सत्ता गठबन्धनका शीर्ष नेताद्वारा साझा उम्मेद्वारहरुलाई भोट गर्न अपील

काठमाडौं–राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरुले भोट मागेका छन् । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ दलका नेताहरुले सामूहिक रुपमा भोट मागेका हुन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपील जारी गरेका छन् ।

संयुक्त अपीलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर छ ।

हेर्नुहाेस् यस्ताे छ अपील

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS