images
images

जाजरकोटमा भीरबाट लडेर एक व्यक्ती गम्भीर घाइते

काठमाडौं- जाजरकोटको छेडागाड नगरपालिकामा भीरबाट लडेर एक व्यक्ती गम्भीर घाइते भएका छन् । घाइते हुनेमा छेडागाड नगरपालिका-०९ बुदार्नका देवबहादुर महतारा रहेकाे स्थानीयले जनाएका छन् ।

आइतबार बिहान बुदार्नस्थित तुलधाराको भिरमा रुखमा रहेको घाँस ल्याउन जाने क्रममा उनी लडेका थिए । महतारा भीरबाट करिब ३ सय मिटर तल खसेका थिए । उनको अवस्था गम्भीर रहेको स्थानीय लोकेन्द्र महताराले स्पेस समाचारलाई जानकारी दिए । उनको टाउको, खुट्टा र शरीरमा चोट लागेको बताइएको छ ।

उनलाई छेडागाड नगरपालिका-५ थलहमा रहेको शाही शिवालय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले अवस्था जटिल रहेको भन्दै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा रिफर गरेको छ ।