images
images
images

न्यायाधीश गिरीकी श्रीमतीले गरिन् सर्वाेच्च अदालतमा आत्मदाहको प्रयास

काठमाडौं–न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्।आइतबार दिउँसो सर्वोच्च अदालत परिसरमा ती महिलाले आफैंमाथि मट्टितेल छर्किएर आत्मदाहको प्रयास गरेकी थिइन्।

उनलाई तत्काल उद्वार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ। ती महिलाले आफ्ना श्रीमान गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन्। गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले गत चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो।

पक्राउ परेका गिरीलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो। उनलाई कार्बाही गर्नुपर्ने माग सहित गिरीकी श्रीमतीले निरन्तर आवाज उठाउँदै आएकी थिइन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS