images
images

गाडीको ठक्करबाट एक तीर्थ यात्रुको मृत्यु

स्याङजा– गाडीको ठक्करबाट स्याङजाको कालीगण्डकी गाउँपालिका वडा नम्बर —७ मिर्मी आधिमुहानमा एक जना तीर्थ यात्रुको ज्यान गएका् छ ।

सोमबार बिहान गुल्मी र स्याङजाको संगम स्थल कालीगण्डकी ए-ड्याम साईडमा नुहाउन निश्केका ३० वर्षीय अजित बोटेको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ८ः१५ बजेको समयमा गल्याङबाट रिडीतर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले बाटोमा नुहाउनका लागि बाटोमा हिँड्दै गरेका बोटेलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बोटेको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । लोपोन्मुख बोटे समुदायको परम्परा अनुसार माघे सङ्क्रान्तिको दिन पितृहरूको नाममा मुठी चढाउने परम्परा रहेकाे छ । साेही अनुसार बिहान बुबाको नाममा मुठी चढाउन कालीगण्डकीको तिरमा हिँडेका बोटेलाई बसले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको कालिगण्डकी गाउँपालिका-७ का वडाध्यक्ष उम प्रसाद भट्टराईले स्पेस समाचारलाई जानकारी दिए।