images

त्रिशूली नदीमा खसेको गाडी बोलेरो भएको पुष्टि


काठमाडौं-त्रिशूली नदीमा खसेको जीप भारतीय नम्बरप्लेटको भएको पुष्टि भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो

मंगलबार बिहान करिब ४स्५० बजेतिर इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। । जीप सडकबाट करिब ८५ मिटर तल खसेको हो ।

त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको थियो । स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो ।

केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरीले बताएको छ । उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन ।