images

सर्वाेच्च अदालतका न्यायाधीश गिरीकी पत्नी पक्राउ

काठमाडौं–सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा उनी गेटबाटै पक्राउ परेकी हुन् । प्रहरीले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

गत शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो ।

श्रीमान गिरीमाथि यौनशोषणको आरोप लगाउँदै उनले प्रहरीमा उजुरी दिएकी थिइन् । उनीहरूबीचको मुद्दा अदालती प्रक्रियामा रहेको छ ।