images
images

श्रृंखलावद्ध चोरीमा संग्लन व्यक्ती पक्राउ

काठमाडौं–श्रृंखलावद्ध चोरीमा संलग्नलाई पक्राउ गरी ललितपुर प्रहरीले सार्वजनिक गरेको छ । बुधवार ललतिपुरका विभिन्न स्थानहरुमा श्रृंखलावद्ध रुपमा चोरी गर्ने दोलखा सैलुङ गाउँपालिका–४ स्थायी घर भएका ४० वर्षीय रघुनाथ बस्नेतलाई प्रहरीले सार्वजनिक गरेको हो ।

उनलाई भक्तपुर थिमी नगरपालिका–९ निकोसेराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । बस्नेत यसअघि नै १२ वटा मुद्दामा कारबाही भोगिसकेको व्यक्ति भएको प्रहरीले जनाएको छ । उनले पछिल्लो पटक झम्सिखेलको ठाकुरराज ढकालको घरबाट २७ तोला सुनचाँदीको गहनासहित अन्दाजी ३७ लाख १६ हजार रुपैयाँको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै झम्सीखेलकै सुप्रिया राईको कोठाबाट सुनका गहनासहित २४ लाख ७६ हजारको सामान चोरेको प्रहरीको भनाइ छ । सानेपामै विदेशी जर्मन नागरिक डेनियल फक्सको डेरा र भनिमण्डलमा नर्वेजियन नागरिक बस्ने घरमा पनि चोरी गरेको प्रहरीको भनाइ छ । बस्नेतले चोरी गर्न धेरैजसो विदेशी बस्ने घरलाई लक्षित गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।