images
images
images

नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्छ: मन्त्री बस्नेत

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादक संघले गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्ने बताए।

निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी बिजुली उत्पादन गर्न सक्ने उनको भनाइ छ।

पछिल्लो डेढ वर्षको अवधिमा १ हजारभन्दा बढी मेगावाट बिजुली उत्पादनको अवस्था सिर्जना भएको उनले बताए।

‘पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्नेछ। यो उपलब्धिहरुले हाम्रा सामु नयाँ सम्भवाना र अवसर पनि सिर्जना गरेको छ,’ उनले भने, ‘आगामी १२ वर्षमा हामीले २८ हजार सात सय मेगावाट बिजुली उत्पादन गर्न सक्छौं।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS