images

छोरीको बलात्कार र छोराको हत्या अभियोगमा बुबा पक्राउ

काठमाडौं–आफ्नै छोरीमाथि बलात्कार र छोराको हत्या गरेको अभियोगमा बुबा पक्राउ परेका छन् । सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय छाेरा भरत बुढाकाे हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

बिहीबार बिहान १० बजे उनलाई कैलालीको टिकापुर-१ बाट पक्राउ प्रहरीले जनाएको छ । उनलाई १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको र आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

उनलाई टिकापुर कैलालीबाट सुर्खेत ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

गत कात्तिक १५ गते आफ्नो बहिनीमाथि बुबाले जबरजस्ती करणीको भन्दै १८ वर्षीय छाेरा भरत बुढाले प्रहरीमा जाहेरी दर्ता गरेका थिए ।उनको सोमबार धारिलो हतियार प्रहार गरि हत्या भएको थियो ।

मृतकका काकाले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएका छन् । मृतक बुढाकी बहिनीले भारतमा रहेका आफ्नै बुबाले दाइको हत्या गरेको बयान दिएकी थिइन् । आफूलाई बुबाले नै बलात्कार गरेको र सोही विषयमा बुबा र दाइबीच विवाद हुने गरेको उनको बयान छ ।