images
images

भीरबाट लडेर घाइते भएका जाजरकोटका महताराको निधन

जाजरकोट–जाजरकोटको छेडागाड नगरपालिका-०९, बुदार्नका देबबहादुर महताराको उपचारका क्रममा निधन भएको छ ।
आइतबार भिरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको थियो ।

घाइते भएको ५ दिनसम्म पनि अचेत अवस्थामा रहेका महताराको विहिबार बिहान निधन भएको स्थानीय लोकेन्द्र महताराले जानकारी दिए । आइतबार बिहान बुदार्नस्थित तुलधाराको भीरमा रुखमा रहेको घाँस ल्याउन जाने क्रममा उनी लडेका थिए ।

महतारा भीरबाट करिब ३ सय मिटर तल खसेका थिए । उनको टाउको, खुट्टा र शरीरमा चोट लागेको थियो । उनलाई छेडागाड नगरपालिका-५ थलहमा रहेको शाही शिवालय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो ।

अस्पतालले अवस्था जटिल रहेको भन्दै बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा थप उपचारका लागि रिफर गरेको थियो ।