images
images
images

गठबन्धन दल भ्रष्टाचारका बंश हुन्ः ओली

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार भ्रष्टाचारी र देशद्रोही भएको संज्ञा दिएका छन् । नेकपा एमाले निकट खेलकुद महासंघको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकारविरुद्ध जनताको आन्दोलनको आवश्यकता रहेको उद्घोष गरे । अध्यक्ष ओलीले भने,–‘एक जनाले भनेका थिए– कोसँग मेरो गर्धन जोडिएको छ, घाँटी जोडिएको छ। यिनीहरूको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ। यिनीहरूको घाँटीमात्रै होइन सिंगै शरीर जोडिएको छ,’ ओलीले भने, ‘अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ् द सेम फिगर फ्लाइ टुगेदर। यी एकै वंश, एकै नश्लका हुन्। र यी भ्रष्टाचार वंशका हुन्। यी कमिसनतन्त्रीय वंशका हुन्। यिनको गोत्र निकम्मा गोत्र हो। यिनको जात देशद्रोही हो।’

उनले अहिलेको सरकारमा रहेको दलहरुमा एमालेविरूद्ध एक्लै लड्ने् आँट नभएको बताए । उनले भने,‘हामीले गर्व गर्नुपर्छ। विरोधीहरू एक्लै लड्नेभिड्ने आँटै गर्दैनन्। हामी मात्रै हो, एक्लै लड्छौं भन्ने। हामी लड्यौं। तर सबै भएर, स–साना अंकहरू जोडेर उनीहरूले सरकार बनाएका छन्। सरकार कस्तो छ भने तरकारी बारीको बुख्याँचाजस्तो छ। ’ उनले सरकारको यस्तै हर्कत रहने हो भने मिसन ०८४ भनेर पर्खन नसकिने दाबी गरे ।

उनले अगाडि थप्दै भने ‘देश बरबाद हुन लाग्यो भने कहाँ मिसन ०८४ ? /०८४ को चुनाव भनेर पर्खिएर बसेर हुन्छ ? उस्तै प¥यो भने यो गठबन्धन भत्काएर यो लोभिपापीहरू नभत्कन सक्छन् ।’उनले वर्तमान सरकारले कमिसनखोरी र भ्रष्टाचारीहरुको संरक्षण गरिरहेको आरोप समेत लगाए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS