images
images

फिराैती माग गर्दै ज्यान मार्ने धम्की दिने तीन जना पक्राउ

चितवन- ज्यान मार्ने धम्की दिई रकम मागेको आरोपमा तिन जना पक्राउ परेका छन् । रुपन्देही असुरैना वडा नं. ३ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नं. ०१ मा व्यवसाय गरि बस्ने करन गुप्तालाई १५ लाख रकम फिराैतीकाे माग गर्दै नदिए हत्या गरिदिन्छाै भनि धम्की दिनेहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राम भण्डारिका अनुसार पक्राउ पर्नेमा ‍ भरतपुर महानगरपालिका वडा नं. २१ बस्ने २७ वर्षीयसरोज सुनार, भरतपुर महानगरपालिका वडा नं. ०१ बस्ने २६ वर्षीय दिपक बि.क.र  साेही नगरपालिका वडा नं. २६ बस्ने २५ वर्षीय सागर बि.क रहेका छन् । 

उनीहरुले व्यवसायी गुप्तासँग बारम्बार अपरिचित एनसेलको विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौति माग गरि यदि नदिएमा सुट गरि हत्या गर्छु भनि धम्की दिएकाे सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीकाे टाेलीले उनीहरुलाई पक्राउ गरेको हाे ।

 उनीहरुलाई फिरौति रकम लिन आएको अवस्थामा भरतपुर महानगरपालिका स्थित विभिन्न स्थानबाट पक्राउ गरिएको हो। उनीहरु उपर चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्धा शीर्षकमा म्याद थप गरि  आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएकाे छ ।