images

दुई करोड १५ लाखबढी रकम सहित चारजना हुण्डी कारोबारी पक्राउ

काठमाडौं- दुई करोड १५ लाख बढी रकमसहित चार जना हुण्डी र किप्टो करेन्सीमा संग्लन पक्राउ परेका छन् । उनीहरूलाई गएराति काठमाडौंको चाबहिल क्षेत्रबाट राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाल हुण्डी र क्रिप्टो करेन्सी कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अग्रवालसँगै थप २ जना सहयोगीलाई पनि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । अरु २ जनाको नाम भने खुलाइएको छैन ।

विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूको साथबाट ३ हजार डलर र २ करोड १५ लाख बरामद गरिएको छ ।

उनीहरू हुण्डी कारोबारी हुनसक्ने विभागको आशंका छ । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।