images
images

संगीतकार वैधको निधन प्रति ओलीद्वारा दुख व्यक्त

काठमाडौं–संगीतकार योगेश वैधको निधन प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन्। बैधले गाएको गीत ‘सपना भुलाइ सारा, आँशु पिएर जाऊ !
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ !!’, ‘। ‘नेपाल मेरो उपहार भो’ साभार गर्दै उनको निधन प्रति दुख व्यक्त गरेका हुन् । वैधको विहिबार राती ७७ वर्षको उमेरमा निधन भएको थियो ।

वैधले कयौं कालजयी गीतका गायक तथा संगीतकार योगेश वैद्यको निधनको खबर सुनें भन्दै ओलीले यो वियोगान्त खबरले मलाई दुःखी बनायो। उहाँप्रति श्रद्धा र सम्मान, शोकाकुल परिवारजनमा समवेदना।

योगेशले ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ जस्ता लोकप्रिय गीत गाएका छन् । नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ जस्ता लोकप्रिय सिर्जना पनि उनकै हुन् ।

किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी।।।’ ०२२ सालमा रेडियो नेपालमा रेकर्ड भएको छ ।

वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा परीक्षामा प्रथम भएका योगेश करिब ३३ वर्ष सरकारी सेवामा संलग्न रहे । योगेश ०६१ सालमा सहसचिव पदबाट अवकाश लिएका थिए । उनका दुई छोरी र एक छोरा छन् ।