images

बीपी प्रतिष्ठानमा हर्क साम्पाङले लगाएको ताला खोल्न अदालतको आदेश

काठमाडौं–धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लगाएको ताला खोल्न अदालतले आदेश दिएको छ ।उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको हो । साम्पाङ आफैंले उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दीविरुद्ध सञ्जीवकुमार साहले उच्च अदालतमा रिट दायर गरेका थिए । साहले जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका मेयर हर्क साम्पाङसहित ९ जनालाई विपक्षी बनाएका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो । त्यसको भोलिपल्ट स्वास्थ्यमन्त्रीलाई पत्राचार गर्दै हर्कले कार्कीलाई खोजी गरी कारबाही गर्न माग गरेका थिए । अदालतले अन्तरिम आदेशसँगै विपक्षीहरूलाई कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।

हेर्नुहाेस् अादेश