images
images

रुपेन्देहीमा टिपर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु,दुई घाइते

काठमाडौं–रुपन्देहीको देवदहमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । देवदहको खैरेनीबाट पाल्पाको माथागढीमा बालुवा लिएर जाँदै गरेको लु २ ख ४५०९ नम्बरको टिपर विपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा सडकबाट ३०० मिटर तल खस्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि मृत्यु हुनेमा माथागढी गाउँपालिका ६ रहबासका ३५ वर्षीय भिमिसरा सारु र दुई वर्षीय पर्सला सारु रहेका छन् । टिपर चालक र मृतक पर्सलाकी आमा २२ वर्षीय सृजना सारुको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ ।

देवदहको खैरेनीबाट शुक्रबारबाहेक अन्य दिन नियमित रूपमा सार्वजनिक यातायात चल्दैन । माथागढीका स्थानीय दैनिक टिपरमै आवतजावत गर्ने गरेकाे प्रहरीले जनाएकाे छ ।