images
images
images

नगरपालिकाको भवनमा नाम लेखाउने होडबाजी,एउटै भवनको दुई पटक उद्घाटन

काठमाडौं–कैलालीको गोदावरी नगरपालिकाको प्रशासकिय भवन निर्माण सम्पन्न नहुँदै तत्कालिन नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख हरि सिहं साउँदले २०७८ चैत १४ गते उद्घाटन गरे । नेपाली कांग्रेसको बिरोधका बाबजुद २० प्रतिशत बढी काम अधुरै रहेको भवन उद्घाटन गरेर उनले आफ्नो नाम सिलालेखमा दर्ज गराएका थिए ।

तर अहिले उक्त नगरपालिकामा कांग्रेसबाट निर्वाचित बिरेन्द्र भट्ट नगरप्रमुख छन् । तत्कालिन समयमा विपक्षी दलका प्रमुखले आफुहरुलाई अटेरी गर्दै अधुरो भवन उद्घाटन गरेको भन्दै उनले सिलालेख नै तोडेर राजनीतिक प्रतिसोध साध्दै भवनकाे पुन: उद्घाटन गरे

तत्कालिन काग्रेस जस्तै उद्घाटनको क्रममा नेकपा एमालेबाट निर्वाचित पदाधिकारीहरुले त्यसकाे बिराेध जनाउँदै नगरपालिका बाहिर नारा बाजी सहित प्रदर्शन गरेको गरे । नाराबाजी गर्दै तत्कालीन प्रमुख साउँदले भवन निर्माण आयोजनासँगको सल्लाहमै आफुले निर्माणको अन्तिम चरणमा भवन उद्घाटन गर्नु गलत नरहेको दाबी गरे । वर्तमान नगरप्रमुख भट्टले आफ्नो कार्यकालमा निर्माण सम्पन्न भएकाले नै भवनको उद्घाटन गरेको दाबी गरेका छन् ।

उपप्रमुख सारदा रोकायाले भवन उद्घाटन मात्रै नभइ नगर प्रमुख भट्टले हरेक काममा एकलौटी निर्णय गर्ने गरेको आरोप लगाएकी छिन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS