images
images
images

नेपाल-भारत सीमाना दशगजा क्षेत्रमा ५६ घर टहरा भत्काइयो

काठमाडौं- सशस्त्र प्रहरीले नेपाल–भारत सिमाना दशगजा क्षेत्रका ३८ ठाउँमा गरी पाँच सय ५६ वटा घर टहरा हटाइएको जानकारी गराएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले तीन वर्ष अघिदेखि दशगजा खाली गराउन थालेकोमा अहिलेसम्म पाँच सय ५६ वटा घर टहरा हटाइएको बताए।

सीमा क्षेत्र खाली हुनुपर्नेमा त्यहाँ अतिक्रमण गरी घर टहरा बनाइएपछि सशस्त्र प्रहरी बल र भारतीय एसएसबीले हटाएको उनले बताए । अहिलेसम्म १७ किलोमिटर खाली भएको छ।

मानिसहरूले घर टहरा बनाएर बसेकाले केही ठाउँमा हटाउन समेत समस्या रहेको एसएसपी खड्काले बताए। त्यस्तै, दशगजामै पर्ने १३ बिघा जमिनमा खेतीपातीमा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS