images

कोदालो र खुर्पा प्रयोग गरेर आठ महिनाकी गर्भवती महिलाको हत्या

काठमाडौं–नवलपुरमा एक गर्भवती महिलाको हत्या भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार श्रीमती चनिसरा ८ महिनाकी गर्भवती थिइन् ।आज बिहान एक बजे उनका श्रीमान शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जनाएका छन् ।