images
images
images

यू–१९ विश्वकपः नेपालले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज न्युजिल्यान्डसँग खेलेर यात्रा सुरु गर्दैछ ।

विश्वकपमा नेपालले ८ वर्षपछि पुनरागमन गरेको हो । न्युजिल्यान्डले दुई वर्षअघि क्यारेबियन भूमिमा भएको पछिल्लो संस्करण कोभिड–१९ को प्रोटोकलका कारण जनाउँदै खेलेको थिएन । इस्ट लन्डनमा हुने समूह ‘डी’ को न्युजिल्यान्डसँगको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

नेपाल पहिलो खेलबाटै लय समाउने दाउमा छ । दक्षिण अफ्रिका पुगेर खेलेको चारमध्ये तीन अभ्यास खेलमा जित पाएको नेपाल त्यही लय न्युजिल्यान्डविरुद्ध उतार्ने दाउमा छ । न्युजिल्यान्डविरुद्ध यू–१९ विश्वकपमा नेपाल अपराजित छ ।

सन् २००६ मा श्रीलंकामा भएको प्रतियोगितामा नेपालले प्लेट फाइनलमा न्युजिल्यान्डलाई १ विकेटले पराजित गरेको थियो । २०१६ मा बंगलादेशमा भएको प्रतियोगितामा पनि नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । नेपाल त्यसयता यू–१९ विश्वकपमा पहिलो पटक खेल्दै छ ।

नेपाली क्रिकेट टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कंडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा, आकाश चन्द रहेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS